images
images
  • टी-२० विश्वकप २०२६ : आजदेखि सेमिफाइनल, न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

    काठमाडौं- आइसिसी टी-२० विश्वकप २०२६ मा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्।

    सेमिफाइनलको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दैछन्।

    कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा ७ बजेदेखि खेल सुरू हुनेछ।

    दक्षिण अफ्रिका सुपर-८ बाट समूह ुएुको विजेता हुँदै सेमिफाइलनलमा प्रवेश गरेको थियो।

    सुपर-८ को खेलमा उसले जिम्बाब्वेलाई ५ विकेट र वेस्ट इण्डिजलाई ९ विकेटले पराजित गरेको थियो। भारतविरूद्ध उसले ७६ रनको फराकिलो जित निकालेको थियो।

    न्युजिल्याण्ड सुपर-८ को समूह उपविजेता भएर सेमिफाइनल प्रवेश गरेको थियो।

    सुपर-८ मा उसले एउटा मात्रै खेल जितेको थियो। इंग्ल्याण्डसँग ४ विकेटले पराजित हुँदा श्रीलंकालाई ६१ रनले हरायो।

    वर्षाका कारण पाकिस्तानसँगको खेल भने रद्द भएको थियो।

    दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच भएको पछिल्लो पाँच भेटमा न्युजिल्याण्डले तीन खेल जित्दा दक्षिण अफ्रिकाले २ खेल जितेको छ।

    आज विजयी हुने देशले बिहीबार दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डबीचको विजयी टोलीसँग आइतबार फाइनल खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images