काठमाडौं- सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको एसएमएल गाडी डाँपराजुलस्थित वैरी स्कुल नजिक दुर्घटनामा परेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ८ जना घाइते भएको भएका छन् ।
घाइतेहरूको उपचार डुङ्गेश्वरस्थित क्लिनिकमा भइरहेको छ भने थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाउने तयारी गरिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























