images
images
  • मध्यपूर्वमा युद्ध : फिफा विश्वकपमा इरानको सहभागिता अन्योलमा

    काठमाडौं- मध्यपूर्वमा बढ्दो तनाव र युद्धका कारण विश्व खेलकुद क्षेत्रमा पनि ठूलो असर छ।

    विशेषगरी सन् २०२६ को फुटबल विश्वकपमा इरानको सहभागितालाई लिएर अन्योलता उत्पन्न भएको छ।

    अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण पछि इरानका फुटबल संघका अध्यक्ष मेहदी ताजले अहिलेको अवस्थामा विश्वकपका लागि उत्साहित हुन नसकिने बताएका छन्।

    अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा इरान समूह ‘जी’ मा रहेको छ। उसको तीनै खेल अमेरिकामा हुँदैछन्।

    जुन १५ र २१ मा लस एन्जलसमा (न्युजिल्यान्ड र बेल्जियमविरुद्ध) र जुन २६ मा सियाटलमा (इजिप्टविरुद्ध) हुने तय छ।

    यदि इरानले विश्वकपबाट नाम फिर्ता लियो वा खेल्न नसक्ने भयो भने फिफासँग दुई विकल्प छन्।

    इरानको सट्टा अर्को देशलाई मौका दिने वा इरानको समूहमा रहेका तीन वटा टोलीबीच मात्र खेल गराउने विकल्प हुनेछ।

    इरान बाहिरिएमा उसको स्थानमा एसियाली क्षेत्रबाट इराक वा युएईले मौका पाउने सम्भावना बढी छ।

    यता युद्धका कारण कतार फुटबल संघले आफ्ना सबै फुटबल गतिविधिहरू अनिश्चितकालका लागि स्थगित गरेको छ।

    अमेरिका र इजरायलको आक्रमणपछि इरानले पनि प्रत्याक्रमण सुरु गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images