images
images
  • इरान–इजरायल–अमेरिकाको द्वन्द्वले सुन–चाँदीको भाउ आकाशियो, कतिमा हुँदैछ कारोबार ? (मूल्यसहित)

    काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै उकालो लागेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरअनुसार आज सुनको भाउ प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य एकैदिन ५ हजार ६ सय रुपैयाँले बढेको हो ।

    मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य चुलिँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ ।

    यसअघि माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेर नयाँ कीर्तिमान कायम गरेको थियो ।

    उता चाँदीको भाउ पनि बढेको छ ।

    अघिल्लो दिन प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images