काठमाडौं- सन् २०२६ को टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा हुने सँघारमा पुग्दा आयोजक भारत र वेस्ट इन्डिजबीच कोलकाताको इडेन गार्डेनमा निर्णायक भिडन्त सुरु भएको छ।
दक्षिण अफ्रिकाले जिम्बावेलाई पन्छाएर अन्तिम चारमा स्थान सुरक्षित गरेपछि यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्न बाँकी छ।
त्यसको छिनोफानो छिनोफानो यस ‘गर या मर’ को खेलले गर्नेछ।
टस जितेर भारतले पहिले फिल्डिङ रोजेको छ। शीतको प्रभाव रहने र लक्ष्य पछ्याउन सहज हुने तर्क गर्दै भारतीय कप्तान सूर्यकुमार यादवले भने, ‘पिच राम्रो देखिएको छ, दबाबबिना खेलको मजा आउँदैन।’
वेस्ट इन्डिजका कप्तान शाई होपले पनि टस जितेको भए पहिले बलिङ नै रोज्ने बताए।
भारतीय टोलीमा कुनै परिवर्तन गरिएको छैन भने वेस्ट इन्डिजमा ब्रेन्डन किंगको स्थानमा अकिल होसेन फर्किएका छन्।
‘सिक्सर प्याराडाइज’ मानिने इडेन गार्डेनमा सन् १९८३ यता वेस्ट इन्डिजले भारतलाई हराउन सकेको छैन।
यद्यपि, सन् २०१६ को विश्वकप सेमिफाइनलमा भारतलाई स्तब्ध पारेको वेस्ट इन्डिजको त्यो इतिहासले आयोजकलाई थोरै झस्काउन सक्छ।
भारतका लागि कुलदीप यादवको स्थानमा शिवम दुबेलाई निरन्तरता दिनु चुनौतीपूर्ण मानिए पनि विगतका केही विश्वकपका सुखद संयोगले भारतीय समर्थकलाई उत्साहित बनाएको छ।


विश्व खबर 



















