लन्डन (रोयटर्स)– अमेरिका र इजरायलले शनिबार इरानको नेतृत्वलाई लक्षित गर्दै आक्रमण गर्दा मध्यपूर्वमा तनाव बढेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार यस कदमले सुरक्षा खतरा हटाउने र इरानी जनता आफ्ना शासकलाई चुनौती दिने अवसर दिनेछ ।
आक्रमणपछि तेल उत्पादक खाडी अरब राष्ट्रहरू त्रसित भए भने इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेको छ ।
यसले विश्व बजारमा कच्चा तेलको मूल्य बढाउने सम्भावना बढाएको छ ।
ब्रेन्ट क्रुडको मूल्य गत शुक्रबार करिब ७३ डलरमा कारोबार भइरहेको थियो र द्वन्द्व जारी रह्यो भने यो ८०–१०० डलरसम्म पुग्न सक्छ ।
तेल आपूर्तिमा असर हुँदा विश्वव्यापी मुद्रास्फीतिमा ०.६–०.७ प्रतिशतसम्म वृद्धि हुन सक्ने अर्थशास्त्रीहरूको चेतावनी छ ।
विश्व बजारमा पनि अस्थिरता बढ्ने अनुमान छ ।
अमेरिकी डलर, जापानी येन र स्विस र्फ्यांकका मूल्यमा उतारचढाव देखिन सक्छ ।
सुरक्षित लगानीतर्फ स्विस र्फ्यांक, सुन र चाँदीको माग बढ्ने सम्भावना छ ।
बिटक्वाइन भने मूल्य घटेको छ ।
साउदी अरब, कतार लगायत खाडी राष्ट्रका सेयर बजारमा ३–५ प्रतिशतसम्म गिरावट आउन सक्ने चेतावनी छ ।
एयरलाइन्सले मध्यपूर्व उडान रद्द गरेकाले उनीहरूको सेयर मूल्य दबाबमा पर्न सक्छ ।
युरोपेली हतियार कम्पनीहरूको सेयर भने बढ्दो द्वन्द्वका कारण लाभमा रहन सक्छ ।


विश्व खबर 




















