काठमाडौं– हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले शेयरधनीबाट प्राप्त सुझाव कार्यान्वयन गर्दै कम्पनीलाई थप सुदृढ बनाइने बताएका छन्।
कम्पनीलाई आगामी दिनमा अग्रणी बनाउने लक्ष्यसहित आन्तरिक कामकारबाही प्रभावकारी बनाउने, खर्च नियन्त्रण गर्ने र आम्दानीका स्रोत विस्तार गर्ने योजना अघि बढाइएको उनले उल्लेख गरे।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १७ अर्ब ८० करोड ३२ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १६ अर्ब ६० करोड रुपैयाँको तुलनामा वृद्धि हो।
२०८२ पुस मसान्तसम्म ८ अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
सोही अवधिसम्म विभिन्न बैंकका मुद्दती निक्षेप तथा शेयरमा ८२ अर्ब २२ करोड रुपैयाँ लगानी रहेको र जीवन बीमा कोष ८० अर्ब ५० करोड रुपैयाँ पुगेको दाहालले जानकारी दिए।
कुल दाबी भुक्तानी ७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ।
१९औँ वार्षिक साधारण सभाले स्वतन्त्र सञ्चालक गोपाल घिमिरे र सञ्चालक दीपक नेपालको नियुक्ति अनुमोदन गरेको छ।
साथै सहायक कम्पनी हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडको वित्तीय विवरण पारित गर्नुका साथै आगामी वर्षका लागि एसएआर एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गरिएको छ।


विश्व खबर 




















