images
images
  • एमाले स्थायी कमिटी बैठक सुुरु हुदै , नेपाल पक्षका बार्ताकार पनि सहभागी

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु हुदैछ ।  च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने बैठक तीन एजेण्डामा केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    उनका अनुसार पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ । सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनेछ । उनले भने, ‘संगठन र संघर्षलाई सँगसँगै लैजाने गरी छलफल गर्छौं ।’

    बैठकमा वार्ता टोलीले सहमति जुटाएको १० बुँदे सम्झौतामाथि छलफल हुन लागेका बेला माधव नेपाल पक्षका नेताहरु पनि बैठकमा उपस्थित हुने भएका छन् । वार्ता टोलीमा रहेका नेपाल पक्षका नेताहरु अध्यक्ष केपी शर्मा ओली र महासचिव ईंश्वर पोखरेलसँग छलफल गर्न बैठकस्थल तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल जादैछन् ।

    वार्ता टोली सदस्य सुरेन्द्र पाण्डेले आफूहरु अध्यक्षसँग कुरा गर्नका लागि बैठकस्थलमा जान लागेको बताए । कार्यदलले अध्यक्ष र महासचिवलाई आग्रह गरेर स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । माधव पक्षकै अर्का नेता भीम आचार्यले भने–बैठकमा हामी केही साथीहरु आउँछौ तर बैठक राख्नको लागि आग्रह गर्न आउछौं । आजकै बैठकमा हाम्रो औपचारिक सहभागिता भन्दा पनि कुरा गर्न आउने हो ।

    माधव पक्षधर कार्यदल सदस्यहरुको आग्रहमै आज स्थायी कमिटी बैठक संसदीय दलको भन्दा अगाडि राखिएको वार्ता टोली संयोजक सुवास नेम्वाङले बताए ।

    आजको बैठकमा सहभागी भएर सहमतिको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरिने नेताहरुले बताएका छन् । यसअघि स्थायी कमिटीको अनौपचारिक वैठकमा उपस्थित भएर माधव पक्षधर वार्ता टोली संयोजक भीम रावलले १० बुँदे सम्झौता बुझाएका थिए ।

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images