images
images
  • सुन–चाँदीको भाउ आज पनि बढ्यो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य उकालो लागेको छ ।

    बुधबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ पुगेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघ का अनुसार बुधबार सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ ।

    बुधबार प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँमा किनबेच भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५ हजार १ सय ९४ अमेरिकी डलर कायम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images