images
images
  • एघार अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

    झापा– चालु आर्थिक वर्ष २०८२र८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट रु ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो ।
    मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार आव २०८१र८२ को सोही अवधिको तुलनामा रु ६० करोड २० लाख १० हजारले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व छ दशमलव ७० प्रतिशतले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।
    कार्यालयको तथ्यांकअनुसार चालु आवको सात महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु पाँच अर्ब ६३ करोड ४५ लाख ७३ हजार राजस्व संकलन भएको छ । उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ४१ लाख मूल्य पर्ने ६२ हजार ९३२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु तीन अर्ब ८१ करोड २८ लाख मूल्य पर्ने ४० हजार ३५२ किलोलिटर डिजेल आयात भएको छ ।
    त्यस्तै उक्त सात महिनाको अवधिमा रु एक अर्ब ४६ करोड ३१ लाख मूल्य पर्ने १४ हजार ९९९ मेट्रिकटन एलपी ग्यास, रु ४३ करोड ५८ लाख मूल्य पर्ने चार हजार ७३६ किलोलिटर एटिएफ र रु ११ करोड ३० लाख मूल्य पर्ने एक हजार २१२ किलोलिटर मट्टितेल आयात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images