images
images
  • सुनको मूल्यग्राफ आकाशियो, चाँदीको ओरालो लाग्यो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा मंगलबार (फागुन १२) सुनको मूल्य बढेको  छ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँले वृद्धि भएको हो ।

    आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

    अघिल्लो दिन सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ ।

    चाँदी प्रतितोला १० रुपैयाँले घटेर ५ हजार ५८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    हिजो चाँदी प्रतितोला ५ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images