images
images
  • एनआईसी एशिया बैंकका ग्राहकलाई अपोलो हस्पिटलमा स्वास्थ्य उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा

    काठमाडौं– NIC Asia Bank Limited र Indraprastha Medical Corporation Limited बीच बैंकका ग्राहक महानुभावलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ।

    समझदारीपत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक श्री विपिन शर्माले हस्ताक्षर गर्नुभएको हो।

    यस सहकार्यअन्तर्गत बैंकका ग्राहकहरूले अपोलो हस्पिटल, नयाँ दिल्लीमा उपचार गराउँदा In-patient room charge, Preventive Health Check Packages तथा Attendees Health Checkup सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै Outpatient Investigation सेवामा ५ प्रतिशत छुट उपलब्ध हुनेछ।

    साथै, Complimentary Registration Fees, International Patient Lounge मा पहुँच जस्ता अतिरिक्त सुविधाहरू पनि प्रदान गरिनेछ। काठमाडौंस्थित अपोलो इन्फर्मेसन सेन्टरमार्फत अपोइन्टमेन्ट लिने ग्राहकलाई नयाँ दिल्ली विमानस्थलदेखि होटल वा अस्पतालसम्म यातायातको सुविधा समेत उपलब्ध गराइनेछ।

    उक्त छुट सुविधा लिनका लागि ग्राहकहरूले एन आई सी एशिया बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ। बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहुलियत मिल्ने विश्वास व्यक्त गरेको छ।

    PR on tie up with Indraprastha Medical Corporation Ltd. Apollo Hospital pdf page 0001

    प्रतिक्रिया दिनुहोस्
    images
    images