images
images
  • सुनको भाउ फेरि आकाशियो, चाँदीको बढ्यो ? (मूल्यसहित)

    काठमाडौं– सोमबार सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको छ ।

    अघिल्लो दिन प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ५९५ रुपैयाँ पुगेको छ ।

    यसअघि माघ १५ गते चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images