images
images
  • टी-२० विश्वकप २०२६ : भारतको लज्जास्पद हार, ७६ रनले दक्षिण अफ्रिकासँग पराजित

    काठमाडौं- आइसिसी टी-२० विश्वकप २०२६ को सुपर ८ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले हराएको छ।

    जारी प्रतियोगिता अवधिभर समूहचरणमा अपराजित रहँदै सुपर-८ मा आएको समूह ‘ए’ को विजेता टोली भारतको अपराजित यात्रामा दक्षिण अफ्रिकाले ब्रेक लगाएको हो।

    भारतलाई हराएसँगै दक्षिण अफ्रिका भने यो प्रतियोगिता अवधिभर अपराजित रहेको छ।

    आइतबार भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतको ब्याटिङ फ्लप हुँदा दक्षिण अफ्रिकाले भारतमाथि फराकिलो जित दर्ता गरेको हो।

    सन् २०२४ को विश्वकपको फाइनल खेलेका यी दुई टोलीले सन् २०२६ को विश्वकपमा पहिलो भेट गरेका थिए।

    नरेन्द्र मोदी स्टेडियममा टौसीतिर कहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८७ रन बनाएको थियो। दक्षिण अफ्रिकाले दिएको १८८ रनको विजय लक्ष्य पछाएको भारत १८.५ ओभरमा १११ रन बनाउँदै अल आउट भयो।

    भारतका लागि शिवम दुबेले सर्वाधिक ४२ रनको पारी खेले उनले ३७ बलमा एक चौका र तीन छक्का प्रहार गरे। ओपनर ब्याटर इशान किसन पहिलो ओभरमा नै डकआउट हुँदा भारतको ब्याटिङ धरापमा परेको हो।

    जारी प्रतियोगितामा भारतको लागि कमब्याक गरेका किसनले निकै राम्रो ब्याटिङ गरिरहेका थिए। अर्का ओपनर ब्याटल अभिषेक शर्माले १५ रन बनाए।

    कप्तान सूर्यकुमार यादव २२ बलमा १८ रन बनाउँदै क्याच आउट भए। वासिङ्टन सुन्दर ११ रन र हार्दिक पाण्डाले १८ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

    भारतलाई सस्तैमा रोक्न दक्षिण अफ्रिकाका बलर मार्को जान्सनले सर्वाधिक ४ विकेट लिए केशव महाराजले ३ विकेट लिँदा कोर्बिन बोस्चले २ र कप्तान एडन माक्रमले १ विकेट लिए।

    त्यसअघि, ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि डेविड मिलरले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले। उनले ३५ बलमा सात चौका र तीन छक्का प्रहार गरे।

    शीर्षक्रमका तीनबाट दोहोरो अङ्कको रन बनाउन नपाउँदै पेभेलियन फर्किँदा डेवाल्ड ब्रेभिस र डेविड मिलरले चौथो विकेटको लागि ९७ रनको साझेदारी बनाउँदै टिमको पारी सम्हालेका थिए।

    पाँचौं विकेटका लागि डेविड मिलरले ट्रिसन स्टुप्ससँग ३५ रनको साझेदारी बनाए। ट्रिसन स्टुप्सले २४ बलमा एक चौका र तीन छक्का सहित ४४ रनको अविजित पारी खेले। त्यसपछिका दुई ब्याटर दोहोरो अङ्क बनाउन नपाउँदै पेभेलियन फर्किए।

    भारतको लागि बलिङतर्फ जसप्रीत बुमराहले सर्वाधिक ३ विकेट लिए। अर्शदिप सिंहले २ विकेट लिँदा वरुण चक्रवर्ती र शिवम दुबेले १-१ विकेट लिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images