images
images
  • नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रालिबीच सम्झौता

    काठमाडौं– नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारका सदस्यलाई भक्तपुर–९, राधेराधेस्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    सो सम्झौता बमोजिम प्याथोलोजि ल्यावको विविध सेवा शुल्कमा डिजिटल कारोबारहरुमा मात्र लागू हुनेगरी बिल रकमको २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

    सम्झौता पत्रमा मिति २०८२ फागुन ०८ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख श्री निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रालिको तर्फबाट ल्याव निर्देशक श्री वेद प्रकाश मिश्रले हस्ताक्षर गरे ।

    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुन सक्नेछन् ।

    Press Release page 0001

    प्रतिक्रिया दिनुहोस्
    images
    images