images
images
  • बैंकिङको निक्षेप ७७ खर्ब ३० अर्ब नाघ्यो, राष्ट्र बैंकले आज ३० अर्ब नगद तान्ने

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ३० अर्ब रूपैयाँ तरलता तान्ने भएको छ ।

    खासगरी बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्दै जाने तर अपेक्षित रुपमा कर्जा लगानी हुँन नसक्दा केन्द्रीय बैंकले निक्षेप संकल उपकरणमार्फत तरलता तान्ने भएको हो ।

    केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ८९ दिनका लागि ३० अर्ब रूपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

    अघिल्लो साता केन्द्रीय बैंकले ४० अर्ब तरलता प्रशोचन गरेको थियो ।

    राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरू द्वारा संकलित कूल निक्षेपको आकार ७७ खर्ब ३० अर्ब रूपैयाँ नाघेको छ ।

    तर, यसै अवधिमा यता कर्जा लगानी भने ५७ खर्ब ९५ अर्ब रूपैयाँ हाराहारी मात्र हुन सकेको छ ।

    समीक्षा अवधिमा जम्मा ७४.२१ प्रतिशत मात्र सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंकहरूसँग १५ खर्बमाथि लगानीयोग्य पुँजी रहेको छ ।

    तर कर्जाको माग कम हुँदा लगानी हुन सकिरहेको छैन ।

    जसको दबाबमा यतिबेला बैंक तथा वित्तीय संस्थाहरुसँगै केन्द्रीय बैंकमा समेत परेको छ ।

    बैंकहरुको अधिक तरलता व्यवस्थापनमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गरिहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images