images
images
  • सुनको मूल्य छुनै नसक्ने गरी महंगियो, चाँदीको पनि बढ्यो (मूल्यसहित)

    काठमाडौं– आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरअनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

    अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

    यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ प्रतितोला पुगेको रेकर्ड छ ।

    त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३७५ रुपैयाँले वृद्धि भएको छ ।

    अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४२५ रुपैयाँ पुगेको छ ।

    यसअघि माघ १५ गते चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँसम्म पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images