images
images
  • एनसेल, फुडमान्डुले ल्यायो खानाका परिकारमा रु. १५० को छुट अफर

    काठमाडौं– एनसेल ले फुडमान्डुसँग सहकार्य गर्दै ग्राहकहरूका लागि नयाँ छुट अफर सार्वजनिक गरेको छ ।

    यस योजनाअन्तर्गत एनसेलका ग्राहकहरूले फुडमान्डुबाट खाना अर्डर गर्दा रु. १५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    फागुन ५ गतेदेखि लागू भएको यस अफरमा रु. ९९ वा सोभन्दा बढी मूल्यका अफरमा समावेश कुनै पनि एनसेल प्याक खरिद गर्दा ग्राहकलाई रु. १५० को छुट कुपन उपलब्ध गराइनेछ ।

    प्राप्त कुपन फुडमान्डुमा रु. १,००० वा सोभन्दा बढी मूल्यका परिकार अर्डर गर्दा प्रयोग गर्न सकिन्छ ।

    एनसेलका डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले यो सुविधा पाउनेछन् ।

    यस्ता प्याकहरू एनसेल एप वा नजिकैको आधिकारिक एनसेल पसलबाट खरिद गर्न सकिन्छ ।

    प्याक सक्रिय गरेपछि ग्राहकलाई छुट कुपन एसएमएसमार्फत पठाइनेछ ।

    यदि एउटै ग्राहकले एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गरेमा सोहीअनुसार धेरै कुपन प्राप्त गर्न सक्नेछन् ।

    कुपन फुडमान्डुको मोबाइल एप वा आधिकारिक वेबसाइटमार्फत अर्डर गर्दा प्रयोग गर्न मिल्नेछ ।

    जारी भएको मितिदेखि २८ दिनसम्म कुपन मान्य रहनेछ र अन्य व्यक्तिलाई हस्तान्तरण गर्न नमिल्ने व्यवस्था गरिएको छ ।

    यो अफर भने एनसेलका रिन्यूवल प्याक, सापटी प्याक र गिफ्ट प्याकमा लागू हुने छैन ।

    एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपङ्ग दत्त ले यस सहकार्यले ग्राहकलाई दूरसञ्चार सेवासँगै थप बचत र सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

    उनका अनुसार डिजिटल सेवालाई दैनिक जीवनशैलीसँग जोड्ने उद्देश्यले यो पहल गरिएको हो ।

    हाल फुडमान्डुले काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवलमा सेवा विस्तार गरिसकेको छ ।

    यस सहकार्यले ती सहरका ग्राहकहरूलाई विशेष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images