images
images
  • जेनजीका माग सम्बोधन होलान् ? के–के समेटेका छन् दलहरूले आ–आफ्नो घोषणापत्रमा ?

    काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मुख्य पृष्ठभूमि भदौ २३–२४ को जेनजी जनआन्दोलन हो ।

    भ्रष्टाचार अन्त्य, सुशासन, नातावादको विरोध र युवा सहभागिताको मागसहित भएको उक्त आन्दोलनपछि संसद् विघटन भयो र ताजा जनादेशका लागि निर्वाचन घोषणा गरिएको हो ।

    यसपटक दलहरूको घोषणापत्रमा युवाकेन्द्रित एजेन्डा स्पष्ट देखिन्छ ।

    डिजिटल अधिकार, आर्थिक आत्मनिर्भरता र शासनमा सहभागितालाई सबैजसो दलले प्राथमिकता दिएका छन् ।

    रास्वपाले ‘फेसलेस’ र ‘पेपरलेस’ प्रशासन तथा एउटै डिजिटल पोर्टलमार्फत सेवा दिने वाचा गरेको छ ।

    एमालेले १८–२८ वर्षका युवालाई मासिक १० जीबी निःशुल्क इन्टरनेट, १० हजार डलर बराबरको डलर कार्ड र निर्ब्याजी ऋण योजना अघि सारेको छ ।

    कांग्रेसले हरेक महिना ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने र ५ हजार युवालाई नीति निर्माण तहमा सहभागी गराउने ‘नेपाल फेलोसिप कार्यक्रम’ ल्याएको छ ।

    अन्य दलहरूले पनि रोजगारी, स्टार्टअप अनुदान, आरक्षित कोटा र प्रशासनिक सुधारका योजना सार्वजनिक गरेका छन् ।

    यद्यपि जेनजी अभियन्ताहरूले घोषणापत्रमा ठोस कार्यान्वयन रणनीति कमजोर रहेको टिप्पणी गरेका छन् ।

    उनीहरूका अनुसार भ्रष्टाचार छानबिन, प्रहरी सुधार र १० बुँदे मागका विषय स्पष्ट रूपमा नसमेटिएको छ ।

    समग्रमा, यो निर्वाचन जेनजीका एजेन्डा कत्तिको व्यवहारमा लागू हुन्छ भन्ने परीक्षाका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images