काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) स्वास्थ्यमा समस्या देखिएपछि सुर्खेतबाट काठमाडौं फर्किएका छन् ।
पार्टीका एक नेताका अनुसार बिहीबार (फागुन ७) बेलुका हवाईमार्गबाट उनी काठमाडौं आएका हुन् ।
स्वास्थ्यका कारण उनले दाङको घोराहीमा आज (फागुन ८) तय भएको आमसभामा सहभागी नहुने बताइएको छ, जहाँ सभापति रवि लामिछानेसँगै सम्बोधन गर्ने कार्यक्रम थियो ।
उनको स्वास्थ्य अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्























