images
images
  • रास्वपाले एमालेको झन्डा जलाएपछि एमाले लडाकु जत्थाले भन्यो– प्रतिवादमा उत्रिन्छौँ

    काठमाडौं– दाङमा आयोजित एक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पार्टी झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेशनल भोलिन्टियर फोर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा लोकतन्त्रको नाममा अराजक गतिविधि, गालीगलौज तथा चरित्रहत्या स्वीकार्य नहुने उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा राजनीतिक असहमति विचार र बहसबाट व्यक्त गर्नुपर्ने भन्दै झण्डा जलाउने र उत्तेजना फैलाउने कार्यलाई अराजक मानसिकताको प्रतीक भएको टिप्पणी गरिएको छ ।

    संगठनले उक्त घटनाको तत्काल छानबिन गरी संलग्नमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

    यस्ता गतिविधि दोहोरिन नदिन राज्य संयन्त्र सक्रिय हुनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

    साथै, आवश्यक परे अराजकता र चरित्रहत्या विरुद्ध सशक्त रूपमा उत्रने चेतावनी समेत दिइएको छ ।

    uml volunteer force bigyapti

    प्रतिक्रिया दिनुहोस्
    images
    images