images
images
  • रास्वपा त्यागेका पूर्व डीआईजी रमेश खरेल नेपाली कांग्रेसको चुनावी प्रचारमा

    काभ्रेपलाञ्चोक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका पूर्व डीआईजी रमेश खरेल नेपाली कांग्रेसको चुनावी कार्यक्रममा देखिएका छन् ।

    खरेल काभ्रेपलाञ्चोक–२ का कांग्रेस उम्मेदवार मधु आचार्यको पाँचखालस्थित चुनावी सभामा सहभागी भएका हुन् ।

    पाँचखाल–५ को केराघारीमा आयोजित कार्यक्रममा उनले आफू कुनै दलमा आवद्ध नभए पनि परिवर्तनको अपेक्षासहित कांग्रेसलाई समर्थन गर्न आएको बताए ।

    २०७९ को आम निर्वाचनमा काठमाडौं–१ बाट चुनाव लडेका खरेल बारा–२ को उपचुनावमा रास्वपाबाट उम्मेदवार बनेका थिए ।

    उक्त चुनावमा उनी जसपाका उपेन्द्र यादवसँग पराजित भएका थिए ।

    त्यसयता रास्वपामा निष्क्रिय रहेका उनले पछिल्लो समय पार्टी नेतृत्वप्रति आलोचनात्मक अभिव्यक्ति दिँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images