images
images
  • रास्वपा उम्मेदवारले भने– मतदातालाई भोट नदिने राष्ट्रघाती हो

    विराटनगर– सुनसरी–३ का रास्वपा उम्मेदवार अशोक चौधरीको अभिव्यक्तिले इटहरीमा आयोजित उम्मेदवार संवाद कार्यक्रममा तनाव उत्पन्न भएको छ ।

    इटहरी जेसीजले सुनसरी–२ र ३ का उम्मेदवारबीच आयोजना गरेको कार्यक्रममा चौधरीले रास्वपालाई दुई तिहाइ नदिने र ‘घण्टी’मा भोट नहाल्नेहरू राष्ट्रघाती भएको बताएका थिए ।

    उनले परिवर्तन चाहने हो भने रास्वपालाई बहुमत दिन आग्रह गर्दै अन्यथा अस्थिर सरकार चाहनेहरू देशविरोधी भएको टिप्पणी गरे ।

    उनको अभिव्यक्तिपछि सहभागी युवाहरू र अन्य दलका प्रतिनिधिहरूले आपत्ति जनाउँदै नाराबाजी गरेका थिए ।

    मतदाताको स्वविवेकको अपमान भएको भन्दै कार्यक्रम केहीबेर अवरुद्ध बन्यो ।

    अर्का उम्मेदवार घनश्याम गुरुङले पनि स्टेजबाटै प्रतिवाद गर्दै यस्तो भाषा लोकतान्त्रिक मर्यादाविपरीत भएको बताए ।

    स्थिति तनावग्रस्त बनेपछि प्रहरीले चौधरीलाई सुरक्षा घेरामा राखेर कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो ।

    कार्यक्रममा नेपाली कांग्रेसका राजीव कोइराला, नेकपा (एमाले) का सुजन लामा र नेकपाकी रामकुमारी चौधरीलगायतका उम्मेदवार उपस्थित थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images