images
images
  • रास्वपाको भैरहवामा हुने चुनावी सभा कसले रोक्यो ?

    बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने तय गरेको चुनावी सभा स्थगित गरेको छ ।

    रास्वपा रुपन्देही–३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीका अनुसार पार्टी केन्द्रीय कार्यालयको निर्देशनपछि सभा स्थगित गरिएको हो ।

    संगठनात्मक प्राथमिकता र रणनीतिक व्यवस्थापनका कारण हाललाई कार्यक्रम रोक्नुपरेको पत्र प्रदेश समितिलाई पठाइएको छ ।

    प्रदेशस्तरीय सभाको तयारीस्वरूप पत्रकार सम्मेलन, प्रचारप्रसार र स्टेज निर्माणको काम चलिरहेकै बेला कार्यक्रम रोकिएको हो ।

    यसबीच दाङमा रास्वपा समर्थकहरूले एमालेको झण्डा जलाएको र एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको घटनापछि राजनीतिक वृत्तमा उक्त सभासँग सम्बन्ध जोडेर हेरिएको छ ।

    एमाले कार्यकर्ताहरू उक्त घटनाप्रति आक्रोशित छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images