काठमाडौं- खोटाङमा जेसीबीले माथिबाट लडाएको ढुङ्गाले लागेर एक वृद्धको मृत्यु भएको छ।
हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको ढुंगाले लागेर मृत्यु भएको छ।
सोही नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणका लागि लगिएको ना.१ क ७३४७ नम्बरको जेसीबीले माथिबाट लडाएको ढुङ्गाले राईको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो।
घटना भएको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले जेसीबी र चालक उदयपुरको ताप्ली गाउँपालिका-२ लेखगाउँ निवासी २६ वर्षीय केवल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मगरमाथि कारबाहीको प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राईको शव घटनास्थलको सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्























