images
images
  • बिरामी भएपछि दाङ नगई काठमाडौं फर्किए बालेन शाह

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह बिरामी भएका छन्।

    स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुकी उनी सुर्खेतबाट जहाजमा काठमाडौं फर्किएका रास्वपाका एक नेताले बताए।

    ती नेताले बालेन अस्वस्थ भएर काठमाडौं फर्किएको बताए पनि उनलाई के भएको हो भन्ने खुलाएनन्।

    ‘उहाँ अस्वस्थ भएर फर्किनुभएको हो,’ उनले भने,’आज (शुक्रबार) दाङको कार्यक्रममा आउने–नआउने निश्चित छैन। आउन सक्नुभएन भने भैरहवाको कार्यक्रममा अवश्य आउने भन्ने छ।’

    रास्वपाकै अर्का एक नेताले पनि बालेन अस्वस्थ भएकाले दाङ नआई काठमाडौं फर्किएको बताए।

    दाङको घोराहीमा रास्वपाले आज लुम्बिनी प्रदेशस्तरीय निर्वाचन लक्षित कार्यक्रम राखेको छ।

    उक्त कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापति रवि लामिछानेसँगै बालेन पनि दाङ आउने भनिएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images