images
images
  • ४६ सालपछिका सबै सार्वजनिक पदधारीको सम्पत्ति छानबिन गरीअवैध धन राष्ट्रियकरण गर्ने रास्वपाको वाचा

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी वाचापत्रमा १०० वटा बुँदा छन् ।

    त्यसमध्ये वाचापत्रको तेस्रो बुँदामा २०४६ सालदेखि महत्वपूर्ण सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति पारदर्शी रुपमा छानबिन गर्ने रहेको छ । अवैध रुपमा आर्जन गरेको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्ने नीति अघि सारिएको छ ।

    ५ औं बुँदामा कुनै पनि प्रकारका भातृ संगठन निर्माण नगर्ने र राज्यका निकायलाई दलीय हस्तक्षेपबाट मुक्त राख्ने कुरा उल्लेख छ ।

    सरकारी सेवालाई झन्झटमुक्त बनाउन बुँदा नम्बर ९ मा परम्परागत टिप्पणीको अन्त्य गरी फाइलको सटट अनलाइनबाटै डिजिटल प्रणाली र निश्चित समयभित्र काम हुने पद्धति लागू गर्ने भनिएको छ ।

    प्रशासनिक खर्च कटौती र कार्यक्षमता वृद्धिका लागि पार्टीले बुँदा १७ मा संघीय मन्त्रालयको संख्या १४ मा सीमित गर्ने उल्लेख गरेको छ । विज्ञतामा आधारित विज्ञ मन्त्रीको अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

    आर्थिक सुधारका सन्दर्भमा बुँदा २२ मा पारिवारिक भारका आधारमा आयकरको सीमा पुनरावलोकन गर्ने भनिएको छ । बुँदा ३१ मा सरकार गठन भएको १०० दिनभित्र सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता उल्लेख छ ।

    बुँदा ३२ मा मिटरब्याज र अनुचित लेनदेनलाई आर्थिक अपराधका रुपमा परिभाषित गरी दोषीमाथि कारबाही गर्ने कुरा समेटिएको छ ।

    बुँदा ६१ मा विश्वविद्यालय र विद्यालयहरूलाई दलीय राजनीतिक गतिविधिबाट मुक्त राख्ने पत्रमा उल्लेख छ । प्रत्येक प्रदेशमा कम्तीमा एक अत्याधुनिक नमुना समावेशी विद्यालय स्थापना गर्ने योजना रास्वपाले अगाडि सारेको छ ।

    राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी आगामी १० वर्षमा ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

    विदेशमा रहेका नेपालीलाई देशको विकासको साझेदार बनाउन बुँदा ९९ मा उनीहरुको मताधिकार सुनिश्चित गर्ने विषय समेटिएको छ ।

    लगानीका लागि डलर खाताको सहजता प्रदान गर्ने विषय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images