images
images
  • के-के हुन् कांग्रेसले प्रतिज्ञापत्रमा समेटेको मुख्य १५ विषय ?

    काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुन प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य १५ विषय उठाएको छ ।

    बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति गगन थापाले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा मुख्यगरी १५ विषय समेटिएका हुन् ।

    के-के हुन् ?

    १.पारदर्शी, उत्तरदायी र लोकतान्त्रिक सरकारको माध्यमबाट राष्ट्रिय समृद्धि ल्याउने पार्टीको प्रतिज्ञा  छ।

    २. मुलुकको समग्र आर्थिक र सामाजिक विकासका लागि कांग्रेसले  कृषि, पर्यटन, औद्योगिक विकास, र ऊर्जा क्षेत्रहरूमा जोड दिइएको छ।

    ३. युवाहरूलाई रोजगारी, उद्यमशीलता र नयाँ सोचको विकासमा जोड दिँदै राष्ट्रिय विकासमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने ।

    ४. नेपाललाई डिजिटल रूपमा सुसम्पन्न बनाउन र डिजिटल सेवाहरूको पहुँच विस्तार गर्ने।

    ५. नेपाली सम्पदा, संस्कृति र परम्पराहरूको संरक्षण र संवर्धन गरी राष्ट्रिय पहिचानलाई सुदृढ गर्ने छ।

    ६. नागरिकहरूको स्वास्थ्य, सुरक्षा र सामाजिक सुरक्षा सुनिश्चित गर्न नागरिकको निःशुल्क स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने ।

    ७. कृषि, पर्यटन र औद्योगिक क्षेत्रमा रोजगारीका नयाँ अवसर सिर्जना गर्ने र अर्थतन्त्रलाई सुदृढ गर्ने ।

    ८. सामाजिक सुरक्षाको दायरा विस्तार गरी सबैलाई समेट्ने नीतिहरू लागू गर्ने ।

    ९. गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकता दिएर ठोस कार्यक्रमहरू अगाडि सार्ने ।

    १०. गुणस्तरीय शिक्षा, स्वास्थ्य र पोषणमा विशेष जोड दिई नागरिकको जीवनस्तर सुधार गर्ने ।

    ११. सबै वर्ग, क्षेत्र, समुदायको समानुपातिक सहभागिता सुनिश्चित गरी समावेशी विकासमा जोड दिने ।

    १२. डिजिटल पूर्वाधार विस्तार गरी सेवाहरूको पहुँच बढाउने र डिजिटल अर्थतन्त्रलाई सुदृढ गर्ने ।

    १३. स्थाननीय समुदायको आवश्यकता अनुसारको विकास कार्यक्रमहरू लागू गर्ने ।

    १४. कानुनी शासनको सुदृढीकरण र न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गर्ने ।

    १५ किसानहरूको हक र हितको रक्षा गर्दै उनीहरूको आय र जीविकोपार्जनमा सुधार ल्याउने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images