काठमाडौं- नेकपा (एमाले) नेता एवं पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले मानन्धरलाई स्वागत गरेका छन्।
सभापति थापाले मानन्धरलाई कांग्रेसको सदस्यता पनि प्रदान गरेका छन्।
लामो समय एमालेमा रहेका मानन्धर पछिल्लो समय निष्क्रिय रहेका थिए। उनी काठमाडौं-७ बाट तीन पटक एमालेबाट सांसद निर्वाचिन भइसकेका छन् ।
त्यस्तै, एमालेका रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकाल पनि कांग्रेसमा प्रवेश गरेका छन्।
उनी एमाले संविधान सभा सदस्य बनेका थिए। उनी एमालेका पूर्व केन्द्रीय सदस्य पनि हुन्।
प्रतिक्रिया दिनुहोस्























