सर्लाही– आज दिउँसो मलंगवा नगरपालिका–४, ढाँका बोर्डर टोलमा १५ वर्षीय आकाश राम पेस्तोल पड्किँदा घाइते भएका छन् ।
घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडामा बेरेको पेस्तोल फेला पारेका आकाशले नक्कली ठानेर खोलेका थिए ।
खोल्ने क्रममा पेस्तोल अचानक पड्केको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए ।
गोली उनको दाहिने हातको पन्जामा लागेको छ ।
उनी प्रादेशिक अस्पताल मलंगवामा उपचाररत छन् र चिकित्सकका अनुसार उनको अवस्था मध्यम छ ।
प्रहरीले घटनास्थलबाट पेस्तोल बरामद गरेका छन् र थप अनुसन्धान जारी छ ।
प्रतिक्रिया दिनुहोस्























