images
images
  • कांग्रेसले १० लाखसम्म वार्षिक आम्दानी गर्नेलाई करमा छुट दिने

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ को निर्वाचनपछि आफ्नो सरकारले व्यक्तिगत आयकरमा व्यापक सुधार गर्ने घोषणा गरेका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित पार्टीको घोषणापत्र ‘प्रतिज्ञापत्र’को सवाल-जवाफ कार्यक्रममा थापाले वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा कर नलगाउने प्रतिबद्धता व्यक्त गरे ।

    उनले अहिलेको ३० प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा घटाउने योजना रहेको पनि बताए ।

    थापाका अनुसार, पार्टीले करका सबै प्रकारका दरहरूलाई सरल र पारदर्शी बनाउने लक्ष्य राखेको छ ।

    “नेपाललाई विदेशी लगानीको आकर्षक केन्द्र बनाउन भाषण मात्र पर्याप्त छैन । यसको लागि नीति सुधार अनिवार्य छ,” उनले भने ।

    “हामी १० लाख रुपैयाँसम्मको व्यक्तिगत आम्दानीमा कर नलगाउने प्रतिज्ञा गर्छौं ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images