काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले कर्णालीको वास्तविक पीडा बुझ्ने पार्टी रास्वपा भएको दाबी गरेका छन् ।
सुर्खेतमा आयोजित चुनावी सभामा उनले भने, “देशको सबैभन्दा ठूलो ताल, लामो नदी, ठूलो जिल्ला र गहिरो ताल भएको कर्णालीको गहिराइलाई अहिलेसम्म कसैले बुझ्न सकेको छैन । त्यसलाई बुझ्ने पार्टी रास्वपा हो ।”
बालेनले यार्सागुम्बा विश्वभर पुग्ने भए पनि कर्णालीको स्याउ र मार्सी चामल देशभित्रै पुग्न नसकिरहेकोमा चिन्ता व्यक्त गर्दै, “हामी यहाँको उत्पादन देशभर पुर्याउने पार्टी बन्न चाहन्छौं,” बताए ।
प्रतिक्रिया दिनुहोस्























