काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो बाचापत्र सार्वजनिक गरेको छ ।
बिहीबार सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा पार्टीले आफ्नो बाचापत्र प्रस्तुत गरेको हो ।
पार्टीका उपसभापति स्वर्णिम वाग्लेले बाचापत्र सार्वजनिक गर्दै सरकारमा पुगेपछि पार्टीले के गर्न लागेको हो भन्नेबारे विस्तृत जानकारी दिएका छन् ।
उनले फागुन २१ को निर्वाचन केवल एउटा चुनाव नभई, त्यसपछिका दिनहरूमा देशले आमूल सुधारको मार्गतर्फ अग्रसर हुने यात्रा हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्























