images
images
  • कांग्रेसद्वारा केन्द्र सरकारमा १६ र प्रदेश सरकारमा ६ मन्त्रालय पाउने प्रतिज्ञा

    काठमाडौं– नेपाली कांग्रेसले केन्द्र सरकारमा १६ र प्रदेश सरकारमा ६ मन्त्रालय पाउने प्रतिज्ञा गरेको छ ।

    २१ फागुनमा कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा यो कुरा उल्लेख गरिएको छ ।

    त्यसैगरी, कांग्रेसले राज्यका निकायमा दलीयकरणको अन्त्य गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

    प्रतिज्ञापत्र अनुसार, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकाय र अन्य सार्वजनिक संस्था दलीय प्रभावबाट मुक्त गरिनेछ ।’

    संवैधानिक आयोगहरुमा नियुक्ति गर्दा राजनीतिक दलका सदस्यका लागि दुई वर्षको कूलिङ अफ अवधि अनिवार्य हुने घोषणा पनि कांग्रेसले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images