images
images
  • प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने व्यवस्था कांग्रेसले गर्छ : सभापनि गगन थापा

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी हुन नपाउने व्यवस्था लागू गर्ने घोषणा गरेका छन् ।

    कांग्रेसको चुनावी प्रतिज्ञा सम्बन्धी सवाल-जवाफ कार्यक्रममा उनले यो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

    थापाले भने, अब कांग्रेसले संवैधानिक आयोग, विश्वविद्यालयलगायतमा दलीय भागबन्डा नखोज्ने नीति अपनाउने छ ।

    उनले पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्प पनि व्यक्त गरे ।

    ०४८ सालपछि सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव उनले अघि सारे ।

    संघीय सरकारले १६ मन्त्रालय र प्रदेश सरकारले ६ वटा मन्त्रालयभन्दा बढी नपाउने व्यवस्था गर्ने थापाको घोषणा थियो ।

    उनले गठबन्धन मिलाउन भन्दै मन्त्रालयको संख्या बढाउन नपाइने पनि स्पष्ट पार्‍यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images