काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले ‘जेनजी आन्दोलन’को आभास लिन खोजेको आरोप लगाएका छन् ।
कांग्रेसको चुनावी प्रतिज्ञा सम्बन्धी सवाल–जवाफ कार्यक्रममा उनले भदौ २३ र २४ गतेका घटनालाई अनावश्यक बताउँदै राज्यबाट गल्ती भएको स्वीकार गरे ।
उनले सडकमा उत्रिएका युवाहरूको आक्रोशलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजिएको संकेत गर्दै रास्वपालाई लक्षित टिप्पणी गरे ।
साथै, ती घटनाका बेला कांग्रेस पनि सरकारमा रहेकाले गल्ती स्वीकारेर देशभर माफी माग्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्























