काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको कांग्रेसले कुनै पनि नियुक्तिमा दलगत भागबण्डा नगर्ने स्पष्ट प्रतिवद्धता व्यक्त गरेका छन् ।
चुनावी प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम तथा त्यसपछिको प्रश्नोत्तर सत्रलाई सम्बोधन गर्दै थापाले नियुक्ति प्रक्रियामा “दल होइन, अब्बल” भन्ने सिद्धान्त अपनाइने बताए ।
‘अब कुनै पनि नियुक्तिमा दलगत आधार होइन, योग्यताका आधारमा निर्णय हुनेछ,’ उनले भने, ‘कांग्रेस संवैधानिक आयोग वा विश्वविद्यालयहरूमा भागबण्डाका लागि गएको छ भन्ने कुरा अब सुन्नुपर्ने छैन ।’
थापाले संस्थागत सुधारबिना परिवर्तन सम्भव नहुने उल्लेख गर्दै सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने धारणा राखे ।
साथै, लामो समयदेखि सरकारमा रहेका व्यक्तिहरूको सम्पत्तिको छानबिन गर्न विशेष आयोग गठन गर्ने योजना पनि अघि सारिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्























