images
images
  • चीनमा पटाका र पाकिस्तानमा ग्यास विस्फोट हुँदा १८ को मृत्यु, १२ घाइते

    काठमाडौं– चन्द्र नयाँ वर्षको उत्सवका बीच चीनमा भएको भीषण पटाका विस्फोटमा १२ जनाको मृत्यु भएको छ ।

    मध्य हुबेई प्रान्तको जिनपु गाउँस्थित आतसबाजी पसलमा बुधबार दिउँसो विस्फोट भएको हो ।

    चाइना सेन्ट्रल टेलिभिजनका अनुसार गहन खोजी तथा उद्धारपछि सात वयस्क र पाँच बालबालिकासहित १२ जनाको मृत्यु पुष्टि भएको छ ।

    पसलका मालिक बाहेक अन्य सबै ग्राहक थिए, जसमध्ये केही ७८० किलोमिटर टाढाको चेङ्दुबाट आएका थिए ।

    घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

    यसैबीच, पाकिस्तानको कराचीस्थित एक आवासीय भवनमा ग्यास चुहावटका कारण भएको विस्फोटमा ६ जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।

    उद्धार टोलीले भग्नावशेषबाट पीडितहरूको उद्धार गर्दै थप खोजी जारी राखेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images