images
images
  • प्रचण्ड र महावीरलाई भोट दिन कसिएका मतदाताले नै दिए लाखौँ नोट

    काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवारद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वतन्त्र उम्मेदवार महावीर पुनलाई मतदाताले नै ‘चुनाव खर्च’ स्वरूप आर्थिक सहयोग गरेका छन् ।

    उनी रुकुम पूर्वबाट उम्मेदवार छन् ।

    सिस्ने गाउँपालिका–८ धपेका शहीद परिवारले संयुक्त रूपमा १ लाख ५०५ रुपैयाँ सहयोग गरेका छन् ।

    उक्त रकम शहीद हरिचन्द्र पुनका पिता पदमबहादुर पुनले हस्तान्तरण गरेका थिए ।

    प्रचण्डले सो सहयोग निर्वाचन परिचालन समितिका संयोजक गणेशमान पुनलाई बुझाउँदै यसलाई सांकेतिक तर अर्थपूर्ण सहयोग बताएका छन् ।

    त्यस्तै, पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडिरहेका छन् ।

    उनले घरदैलोका क्रममा मतदाताले आफूलाई चुनाव खर्च भन्दै नगद सहयोग गरिरहेको बताएका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले प्राप्त सबै चन्दाको हिसाब अन्त्यमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images