काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
गत सोमबारदेखि लगातार ओरालो लागिरहेको सुनको भाउ आज भने उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ कायम भएको छ ।
बुधबार भने सुन प्रतितोला तीन लाख चार सय रूपैयाँमा कारोबार भएको थियो ।
यसअनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार हजार तीन सय रूपैयाँले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ ।
बुधबार प्रतितोला चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार ६० रूपैयाँ पुगेको छ ।
यो अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८० रूपैयाँले बढी हो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















