images
images
  • रास्वपाको आज सुर्खेत चुनावी सभामा वाचापत्र सार्वजनिक गरिने

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज वाचापत्र सार्वजनिक गर्ने भएको छ ।

    फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रास्वपाले आज सुर्खेतमा हुने चुनावी सभाबाट वाचापत्र सार्वजनिक गर्ने भएको हो ।

    घण्टाघर चोक सुर्खेतमा मध्यान्ह १२ बजे सुरु हुने परिवर्तन उद्घोष सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्नेछन् ।

    पार्टीले यसअघि बुधबार धनगढीमा परिवर्तन उद्घोष सभा सम्पन्न गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images