काठमाडौं- नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ।
बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगन कुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन् ।
भोलि बिहिबार दिउँसो १ बजेदेखि काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने ‘हाम्रो प्रतिज्ञा-पाईको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने भएका छन् ।
सभापति थापाले ठूलो एलइडि स्क्रिनमार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराउने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रुपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्























