images
images
  • ९३ मध्ये ४१ राजनीतिक दलले निर्वाचन आयोगमा बुझाए चुनावी घोषणापत्र, कुन-कुन हुन् ?

    काठमाडौं- प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी मतदान गर्न १५ दिन मात्रै बाँकी रहँदा जम्मा ४१ राजनीतिक दलले मात्रै निर्वाचन आयोगमा चुनावी घोषणापत्र बुझाएका छन्।

    प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिन ९३ दल दर्ता भए पनि सबै दलले समयमै घोषणापत्र बुझाउन सकेका छैनन्।

    निर्वाचन आयोगले फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउन निर्देशन दिएको थियो।

    यी हुन् घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउने प्रमुख दलहरू

    राष्ट्रिय प्रजातन्त्र पार्टी

    राष्ट्रिय जनमोर्चा नेपाल

    जनता समाजवादी पार्टी, नेपाल

    संयुक्त नागरिक पार्टी

    नेपाल जनता संरक्षण पार्टी

    नागरिक उन्मुक्ति पार्टी नेपाल

    त्रिमूल नेपाल पार्टी

    मङ्गोल नेशनल अर्गनाइजेसन

    नेपाल जनता पार्टी

    राष्ट्रिय परिवर्तन पार्टी

    नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)

    राष्ट्रिय मुक्ति आन्दोलन नेपाल

    नेशनल रिपब्लिक नेपाल

    नेपाल सङ्घीय समाजवादी (एकल चुनाव चिन्ह ‘बस’)

    राष्ट्रिय मुक्ति पार्टी

    नेपाली कम्युनिष्ट पार्टी (माओवादी)

    नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

    राष्ट्रिय जनमुक्ति पार्टी

    उज्यालो नेपाल पार्टी

    नागरिक सर्वोच्चता पार्टी

    नेपाल मजदुर किसान पार्टी

    सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

    जनादेश पार्टी नेपाल

    जय मातृभूमि पार्टी

    नेपालका लागि नेपाली पार्टी

    नेपाल मातृभूमि पार्टी

    जनता समाजवादी पार्टी

    गतिशील लोकतान्त्रिक पार्टी

    आम जनता पार्टी

    यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले), सार्वजनिक गरेको छैन।

    नेपाली कांग्रेसले भने आज सार्वजनिक गरेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले ‘करार पत्र’ नाम दिएर आंशिक रुपमा प्रतिबद्धता पत्र बुझाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images