images
images
  • पूर्वराजा ज्ञानेन्द्र शाहले चुनावको मखैमा के भने ?

    काठमाडौं– ज्ञानेन्द्र शाहले राष्ट्रिय समस्या समाधान नगरी निर्वाचनमा जानु उचित नहुने बताएका छन् ।

    ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै उनले अहिलेको अवस्था सामान्य नरहेको उल्लेख गरे ।

    उनका अनुसार प्रजातान्त्रिक व्यवस्थामा निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि पहिला गम्भीर राष्ट्रिय मुद्दा समाधान गरेर मात्रै चुनावतर्फ जानु उपयुक्त हुन्छ ।

    निर्वाचनपछि खिचातानी नहोस् भन्न सहमति र समझदारी आवश्यक रहेको उनले बताए ।

    अधिकार मात्रै खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति दुखद् भएको उल्लेख गर्दै उनले मिलेर अघि बढे मात्रै देशले नयाँ गति लिन सक्ने धारणा राखे ।

    साथै, देश अन्योल र अस्वाभाविक परिस्थितिमा फसेको अनुभूति भइरहेको भन्दै विगतका राजनीतिक परिवर्तनबारे आत्मसमीक्षा गर्नुपर्ने समय आएको उनले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images