काठमाडौं– फागुन २१ मा हुने निर्वाचन लक्षित गर्दै राजनीतिक दलहरूले भ्रष्टाचार नियन्त्रण, संविधान संशोधन, आर्थिक विकास, रोजगारी र सार्वजनिक सेवामा जोड दिने घोषणापत्र सार्वजनिक गरेका छन् ।
अघिल्ला वर्षको तुलनामा यसपटक जेनजी विद्रोहको प्रभाव स्पष्ट देखिन्छ, युवा पुस्ताको विद्रोही भावना, भ्रष्टाचारविरुद्ध आक्रोश र राजनीतिक स्थायित्वको माग समेटिएको छ ।
दलहरूबीच साझा प्राथमिकतामा आर्थिक सुधार, रोजगार, स्वास्थ्य, शिक्षा र डिजिटल सेवा भए पनि संविधान संशोधन, संघीय संरचना र शासकीय मोडलमा फरक दृष्टिकोण देखिन्छ ।
कांग्रेस : जेनजी माग आत्मसात, भ्रष्टाचार नियन्त्रण, उच्चस्तरीय सम्पत्ति छानबिन आयोग, संविधान संशोधन, निर्वाचन प्रणाली सुधार, आरक्षित निर्वाचन क्षेत्र, डिजिटल सुशासन ।
एमाले : राजनीतिक स्थायित्व, निर्वाचन प्रणाली सुधार, डिजिटल अर्थतन्त्र, सामाजिक सुरक्षा, शिक्षा–स्वास्थ्य सुनिश्चित, जेनजी आन्दोलनलाई षडयन्त्रको रूपमा चित्रण ।
नेकपा : संविधान संशोधनमा युवा दृष्टिकोण, वार्षिक १०% आर्थिक वृद्धि, गरिबी घटाउने, ५ लाख नियमित रोजगारी, स्मार्ट सिटी/भिलेज, शक्तिशाली लोकपाल र उच्चस्तरीय सम्पत्ति छानबिन आयोग ।
रास्वपा : संघीय सुधार, प्रत्यक्ष निर्वाचित कार्यकारी, १२ लाख रोजगारी, १५ हजार मेगावाट विद्युत्, भ्रष्टाचार विरोधी महाअभियान, डिजिटल सेवा, स्वास्थ्य–शिक्षामा सुधार ।
जसपा : समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित कार्यकारी, संघीय पुनर्संरचना, सामाजिक सुरक्षा, १२ कक्षासम्म निशुल्क शिक्षा, गरिबी मुक्त ।
राप्रपा : अभिभावकीय राजसंस्था, दुई तहको शासकीय संरचना, हिन्दु राष्ट्र, ७% आर्थिक वृद्धि, निशुल्क स्वास्थ्य–शिक्षा, उपत्यकामा यातायात सुधार ।
श्रम संस्कृति पार्टी : राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक संसद, भ्रष्टाचार रोक्न नागरिक सञ्जाल, सबैलाई श्रम संस्कृतिसँग जोड्ने ।
उज्यालो पार्टी : सांसद संख्या घटाउने, मन्त्रालय सीमित गर्ने, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, ९% वार्षिक आर्थिक वृद्धि, १२ हजार मेगावाट विद्युत् उत्पादन वृद्धि ।
सार्वजनिक सेवामा डिजिटलकरण, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्य, आर्थिक विकास र रोजगार सिर्जना सबै दलको साझा प्राथमिकता रहेको छ ।























