images
images
  • स्थायी सरकारका लागि भोट दिनुहोस् : रवि लामिछाने

    काठमाडौं– रास्वपाका सभापति रवि लामिछानेले फागुन २१ गते कुशासन, भ्रष्टाचार र बेथितिको अन्त्य गर्ने घोषणा गरेका छन् ।

    धनगढीमा चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “जनताको माग पूरा गर्नुपर्छ, त्यसैले ५ वर्षे स्थायी सरकार चाहिन्छ । अब बाचा मात्र होइन, पूरा नगर्नेले सजाय पाउँछन् । जनताले अब भोटको अधिकार मात्रै प्रयोग गर्छन् ।”

    लामिछानेले विदेशमा रहेका नेपालीसमेत भोट हाल्न आह्वान गरे र यसपटक नेताले नभई जनताले जित्ने चुनाव हुने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images