images
images
  • रास्वपा संस्थापन सभापति, उम्मेदवार र प्रनेस सम्पर्क समिति अमेरिकाका संस्थापकद्वारा पार्टी परित्याग

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी लहर दाबी गरिरहँदा पछिल्लो दिनमा पार्टी छाड्नेहरूको संख्या बढ्न थालेको छ ।

    रास्वपा निर्माणकर्ता र नयाँ सदस्यबीच बढ्दो अन्तरविरोधका कारण हिजो पार्टीका संस्थापक केही नेता बाहिरिएका छन् ।

    बुधबार मात्रै रास्वपाको मधेश प्रदेश संस्थापक सभापति ममता शर्माले संगठनमा योगदानको मूल्यांकन नहुँदा र आर्थिक अनियमितताबाट निर्णय प्रभावित भएको भन्दै पार्टी छाडिन् ।

    त्यसैगरी, ०७९ मा रास्वपाबाट उम्मेदवार बनेकी काठमाडौंकी खेमकुमारी भुर्तेलले पनि आर्थिक अपारदर्शिताका कारण आफ्नो आत्मसम्मान र राजनीतिक मूल्य संकटमा परेको भन्दै पार्टी परित्याग गरिन् ।

    यसअघि, डा. प्रणय शमशेर राणाले पार्टी विधानको पालन नहुने र आर्थिक अपारदर्शिताका कारण पार्टी छाडेका थिए ।

    त्यस्तै प्रवास नेपाली सम्पर्क समिति अमेरिकाका संस्थापक डिल्ली पौडेल र संस्थापक नेता सन्तोष परियार तथा सुमना श्रेष्ठले पनि पार्टी छाडिसकेका छन् ।

    परियार हाल प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्को जिम्मेवारीमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images