images
images
  • चुनावको मुखैमा प्रत्यक्षतर्फकी उम्मेदवारले त्यागिन् रास्वपा, एकपछि अर्को पार्टी परित्याग गर्नेहरूको लर्को

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की संस्थापक सदस्य खेम कुमारी भुर्तेल (उर्मिला)ले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी छन् ।

    उनले आफ्नो योगदान, क्षमता र समय समर्पित गरे पनि पार्टी भित्री भ्रष्टाचार, चाप्लुसीवाद, महिला र युवाहरूको उपेक्षा, र विधि विपरीत निर्णयहरूका कारण आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुग्ने अवस्था सिर्जना भएको बताएकी छन् ।

    भुर्तेलले अब पार्टीभित्र मौन रहन असमर्थ भएको पनि बताएकी छन् ।

    यसअघि रास्वपा मधेश प्रदेश संस्थापक सभापति ममता शर्माले पनि पार्टी परित्याग गरेकी छिन् ।

    उनी नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images