images
images
  • कांग्रेस प्रतिज्ञापत्र पारित, सार्वजनिक कहिले ?

    काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको प्रतिज्ञापत्र सर्वसम्मत रूपमा पारित गरेको छ ।

    केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सार्वजनिक गर्न लागिएको प्रतिज्ञापत्र अनुमोदन गरेको हो ।

    कांग्रेसले आज जनकपुरधाम मा आयोजना हुने विशेष सभामार्फत उक्त प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

    प्रतिज्ञा सभामा पार्टीका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    मधेसको पवित्र तथा ऐतिहासिक–सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यस सभालाई कांग्रेसले केवल राजनीतिक कार्यक्रम मात्र नभई मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेको छ ।

    कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादव का अनुसार मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेसी जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका विषयलाई आफ्नो मूल एजेन्डाका रूपमा अंगीकार गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images