images
images
  • बंगलादेशी प्रधानमन्त्री रहमानले नियुक्त गरे ५० मन्त्री

    काठमाडौं– बंगलादेशमा तारिक रहमान नेतृत्वको नयाँ मन्त्रिपरिषद् ५० सदस्यीय बनेको छ ।

    प्रधानमन्त्री रहमानसहित मन्त्री र राज्यमन्त्रीहरूले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    राष्ट्रपति मोहम्मद शहाबुद्दिनले उनीहरूलाई शपथ गराएका थिए ।

    शपथलगत्तै प्रधानमन्त्री रहमानले बुधबारदेखि नै सरकारले नियमित कामकाज सुरु गर्ने बताएका छन् ।

    नयाँ मन्त्रिपरिषद्मा २५ जना मन्त्री र २४ जना राज्यमन्त्री रहेका छन् ।

    अनुभवी राजनीतिज्ञसँगै प्राविधिक विज्ञ (टेक्नोक्र्याट)लाई पनि स्थान दिइएको छ ।

    फेब्रुअरी १२ मा सम्पन्न आमनिर्वाचनमा दुई तिहाइ बहुमतसहित बंगलादेश नेशनलिस्ट पार्टी सत्ता फर्किएपछि रहमान नेतृत्वमा सरकार गठन भएको हो ।

    मुख्य मन्त्रीहरूको जिम्मेवारी

    मिर्जा फखरुल इस्लाम आलमगीर : स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी

    अमिर खस्रु महमुद चौधरी : अर्थ तथा योजना

    सलाहुद्दीन अहमद : गृह

    इकबाल हसन महमुद : विद्युत्, ऊर्जा तथा खनिज स्रोत

    खालिलुर रहमान (टेक्नोक्र्याट) : परराष्ट्र

    एएनएम एहसानुल हक मिलन : शिक्षा तथा प्राथमिक शिक्षा

    सरदार सखावत हुसेन : स्वास्थ्य तथा परिवार कल्याण

    शैख रबिउल आलम : सडक, पुल, रेल तथा जलयातायात

    यसैगरी वातावरण, कानुन, वाणिज्य, कृषि, संस्कृति, पर्यटन, सूचना प्रविधि, विपद् व्यवस्थापनलगायत मन्त्रालयमा पनि मन्त्रीहरू नियुक्त भएका छन् ।

    राज्यमन्त्रीतर्फ

    शमा ओबैद इस्लाम (परराष्ट्र), जुनायद साकी (अर्थ तथा योजना), नुरुल हक नुर (श्रम तथा वैदेशिक रोजगार), बबी हज्जाज (शिक्षा) र अली नेवाज महमुद खैयाम (संस्कृति) लगायतलाई जिम्मेवारी दिइएको छ ।

    नयाँ सरकार गठनसँगै आर्थिक पुनरुत्थान, ऊर्जा सुरक्षा, वैदेशिक रोजगार व्यवस्थापन, जलवायु परिवर्तन न्यूनीकरण तथा प्रशासनिक सुधारलाई प्रमुख प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ ।

    बीएनपी नेतृत्वको सरकार पुनरागमनले बंगलादेशी राजनीतिमा नयाँ शक्ति सन्तुलनको संकेत गरेको विश्लेषण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images